२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग गरेको छ । महासङ्घको एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरका पहलमा ती स्वास्थ्य सामग्री प्राप्त भएको जनाइएको छ । महासङ्घका नेपाल प्रमुख अजमत उल्लाले सोसाइटीका अध्यक्ष डा नेत्र तिम्सिनालाई ती सामग्री हस्तन्तरण गरे । महासङ्घका नेपाल प्रमुख उल्लाले व्यक्तिगत सुरक्षा सामाग्री लगायत कोभिड–१९ प्रतिकार्यका लागि अन्य सहयोग निरन्तर रहने जानकारी दिदै महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेरेसोका स्वयंसेवक तथा कर्मचारीले महत्वपूर्ण काम गरिरहेको जानकारी दिए ।

सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले कोरोना सङ्क्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा हस्तान्तरित सामग्री प्रदान गरिने बताए । महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजन कै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्न साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको छ भने । उनले विपद पूर्वतयारी र पुनर्लाभको क्षेत्रमा नेपाल रेडक्रसले प्रभावकारी सेवा पु¥याउँदै आएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन प्लान्ट नभएका अस्पतालमा कन्सन्ट्रेटर र स्पेयर पार्टस वितरण गरिने जानकारी दिए ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको संस्था नेपाल रेडक्रसले कोभिड महामारीको शुरुआती अवस्थादेखि नै आफ्ना स्वयंसेवक तथा कर्मचारीका सहयोगमा रोकथाम तथा प्रतिकार्य सञ्चालनगर्दै आएको बताए । सो अक्सिजन कन्सन्ट्रेट दश लिटरका रहेका जनाइएको छ । यसले अक्सिन प्लाण्ट नभएका अस्पतालमा कोरोनाका बिरामीलाई उपचार गर्न सहयोग गर्ने बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)