१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका  परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण  आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौँ आएको हो ।

Advertisement

सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा  सुरुङ, पुल र सडक इञ्जिनीयरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ । कम्पनीको नेपालमा रहेको समूहले स्थानविशेषमा गई यसअघि नै सर्भेको काम शुरु गरिसकेको छ ।

सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो । डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सेनाले द्रुतमार्गको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग  ठेक्का सम्झौता गरेको थियो ।  पहिलो प्याकेज करीब रु २१ अर्ब तीन करोडमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन् ।

सम्झौतापत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नं १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नं २ का  परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम निर्माण कम्पनीलाई छ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ ।आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ । त्यसपछि समानान्तररुपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले जानकारी दिए ।

एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरुपमा घट्ने छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुतराजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायपलट ल्याउने अपेक्षा गरिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था