ताजा अपडेट »

‘स्वर्णिम रहस्य’ पुस्तक सार्वजनिक

विहीबार, १० असार २०७८, १० : ४०
10 Shares

काठमाडौँ । खेम्स क्लिनिङका खेम शर्माले लेखेको पुस्तक ‘स्वर्णिम रहस्य’ सार्वजनिक भएको छ । अष्ट्रेलियाको राजधानी सिड्नीको रक्डेलस्थित इन्द्रेणी फक्सन सेन्टरमा नेपाल पत्रकार सङ्घ अष्ट्रेलियाले आज आयोजना गरेको कार्यक्रममा पूर्व राजदूत महेश दाहालले पुस्तक विमोचन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिभाशाली शर्माले जीवनमा भोगेका कुरा आम मानिसका लागि प्रेरणाका रुपमा पुस्तकमा प्रस्तुत गरेको सुनाए ।

न्यू साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपक खड्का, अष्ट्रेलियामा रहेएका नेपाली समाजसेवीहरु डा नारायण प्रधान, इन्द्रा वन,अध्यात्म उत्प्रेरक योग गुरु आचार्य राजन शर्मा, पत्रकारत्रय हेमन्त काफ्ले, मनऋषि धिताल, ऋषि आचार्य, गैर अवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतले जीवन भोगाइलाई समेटेर लेखिएको पुस्तक नेपाली समुदायका लागि पठनीय रहेको बताए । शर्माले दिनचर्या, मानिसले आफूलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा केन्द्रित भएर पुस्तक लेखेका हुन् । पाँच वर्षअघि उनले पशुपतिनाथ मूल मन्दिर क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नमूनाका रुपमा सफाइ गरी नेपालीको ध्यानाकर्षण गराएका थिए । पुस्तकको मूल्य २० डलर राखिएको छ ।

रासस
लेखकको बारेमा
रासस