११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

बुटवल । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो ।

Advertisement

यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)लाई दिइएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउछन। सीसीएमसीमा आबद्ध एक उच्च अधिकारीका अनुसार मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना सङ्क्रमण घटाउने रणनीति हो ।

निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायमा आलोपालो, सवारी साधनमा जोरबिजोरलगायतका उपाय अवलम्बन गर्न सकिने अधिकारीहरू बताउँछन् ।

विशेषगरी ‘स्मार्ट लकडाउन’ काठमाडौँ उपत्यकालगायत कोरोनाको उच्च जोखिममा रहेका जिल्लाहरूको सहरी क्षेत्रमा लागू गर्न सकिने देखिन्छ । होमडेलिभरी तथा अनलाइन सपिङ पनि स्मार्ट लकडाउनको महत्वपूर्ण पक्ष हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा र स्मार्ट निषेधाज्ञामा निकै भिन्नता रहेको बताउछन् । निषेधाज्ञाको अगाडि स्मार्ट लगाए पनि स्वरूप र प्रकृतिका विषयमा अन्योल छ, उनले भने।

यससम्बन्धमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार छलफल हुँदैछ । “हामी स्मार्ट लकडाउनका विषयमा छलफल गर्छौं, यसको कसरी प्रयोग गर्ने, स्वरूप के हो ? क–कसको भूमिका के हुन्छ आदि विषयमा छलफल हुन्छ,” उनले भने। यो नयाँ विषय भएकाले आफूहरू पनि छलफलपछि मात्र निर्णयमा पुग्ने धारणा उनको थियो ।

वैशाख १६ गतेबाट जारी निषेधाज्ञाको दुई महिना बितेको छ । सो अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम यथावत् रहेको भनाइ स्वास्थ्य विज्ञहरूको छ । कोरोना सङ्क्रमण पुनः फैलिन नसक्ने गरी मुलुकको समग्र क्षेत्रलाई क्रमशः चलायमान बनाई सर्वसाधारणको दिनचर्यालाई सहज बनाउनुपर्ने आवश्यकता छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा जारी राखी जनजीवनलाई कसरी सहज बनाउन सकिन्छ, छलफल हुन्छ । कतिपयले स्मार्ट लकडाउनलाई वैज्ञानिक एवं व्यवस्थित लकडाउन पनि भनेका छन् ।

सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधान ‘स्मार्ट लकडाउन’ भएको बताइन्छ ।

त्यस्तै, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा जनशक्ति घटाई आलोपालो, भीडभाडमा रोकावट, सवारीसाधनमा जोरबिजोरसँगै समूह छुट्याई सञ्चालन अनुमति दिने र पसलहरू दिन वा बार तोकी ‘टु इन वान’ दुई पसलमध्ये एउटा खोल्न दिनेजस्ता प्रावधानका विषयमा छलफल हुने जनाइएको छ ।

स्मार्ट लकडाउन शब्दमा आकर्षक भए पनि यसको स्वरूप र कार्यान्वयन चुनौतीपूर्ण रहेको भनाइ सुरक्षा अधिकारीको छ । कर, राजस्व तथा अन्य शुल्क तिर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु