२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौं । नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ ।यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र गतवर्ष भन्दा बढी पानी पर्ने पूर्वअनुमान गरिएको छ । यसले पार्नसक्ने जोखिमबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमन्यूनीकरण,उद्धारको लागि तयारी अवस्थामा रहेको बताएको छ ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल बाढी, पहिरो, पानीजन्य विपद्बाट आउन सक्ने घटनाको लागि पूर्वतयारी अवस्थामा रहेको बताए। जल तथा मौसम विभाग , प्रदेश, स्थानीय तह हरेक मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना सवै सँग छलफल र सहकार्य गरिसकेको उनी बताए । प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारी यस बर्ष विगतको बर्षमा भन्दा बढी मनसुन सक्रिय हुने अनुमान गरिएको बताए ।

मनसुन सुरु भइसकेको बताउँदै उनले यस बर्ष १८ लाख जनसंख्या बाढी, पहिरो अर्थात पानी जन्य विपद्बाट प्रभावित हुँने आँकलन गरिएको बताए । एक लाख मानिस पहिरो र १७ लाख बाढी, ढुवान लगायत विपद्मा पर्न सक्ने प्राधिरणको पूर्वअनुमान छ । यसै गरि विगत १० बर्षको अवधि २०६८ साल देखि २०७७ सालसम्म पहिरोबाट १२ सय ०५ र बाढीबाट ७९४ जनाको मृत्यु भएको प्राधिरणको तथ्याङकले देखाउँछ । यसै गरि बेपत्ता हुनेको संख्या पनि उल्लेखनीय गरेको पाइएको छ ।

यसपाली उक्त बिपद् घटना रोक्न भनेर सूचना प्रणालीलाई प्रभावकारी बनाएको र मनसुनको समयमा हुने बाढी, पहिरो जोखिमको क्षेत्र समेत छुटयाएको प्रधिकरणको भनाई छ । कुन–कुन क्षेत्रमा पानी बढी पर्छ जोखिम कहाँ बढी रहन्छ भनेर बिलेषण गरि काम अगाडि बढेको प्रवक्ता अधिकारी बताए । यसै गरि जोखिम क्षेत्रको निक्र्योल गरि नौ वटा जिल्लाका ३६ वटा पालिकामा विपद् व्यावस्थापनको जनशक्तिलाई तालिम दिइएको छ । कोरोना महामारी सँगै बाढी, पहिरोबाट हुँन सक्ने घटनाको लागि उद्धार र राहतको व्यावस्थापनको लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने विषयमा समन्वय र तालिम पनि दिइसकेको प्राधिकरणले बताएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहले मनसुन पूर्वकार्य योजना बनाइसकेका छन् । सरकारी निकाय संगै यूएन एजेन्सी, रेडक्रस लगायत विभिन्न संघ संस्था संग सहकार्य भएको छ । मौसम विज्ञानको सूचना तल्लो तहसम्म सूचना पु¥याउने काम गरिसकेको उद्धारको लागि चाहिने उपकरण, सामग्री तयारी अवस्थामा रहेको प्राधिकरणको भनाई छ । बाढी पहिरो जोखिमको लागि खास गरि भूकम्प गएको क्षेत्रमा बढी जोखिमको रुपमा राखिएको छ । सिन्धुपालचोक, काभ्रे,गोरखा, नुवाकोट, लमजुङ, म्यादी, बाजुरा, बागलुङ, लगायत जिल्लाहरु जोखिममा रहेका छन् ।

यसै गरि बाढी संगै ढुवानमा तराईका धेरै जिल्ला जोखिम क्षेत्रमा लिइएको छ । भारत सिमानामा नदीकोे ढोका बन्द गर्ने समस्यालाई समाधान गर्न त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई भारत सँग समन्वय गरेर कुरा गर्न निर्देशन दिइसकेको प्राधिरणको भनाई छ । सामान्यतया असार देखि असोज सम्मको झण्डै एक सय दिन मनसुन सक्रिय हुँन्छ ।-मुकुन्द गैरे/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ