May 31, 2023
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।
मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका छन् । मन्त्रालयको भने टुंगो लागेको छैन । मुख्यमन्त्री नेपालीले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने तयारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्