२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाण्डौं । पुस्तकलाई प्रबिधिसँग जोड्दै यसको उपलब्धताका प्रवद्र्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ईबुक र सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ । सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युब लगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकलाई आफ्नो कृति आधिकारिक रूपमा बजारमापुर्याउने उपाए थिएन ।

Advertisement

‘थुप्रै डट कम’ले शुरुआत गरेको वास्तविक अडियोपुस्तक ९अडियोबुक०को परिकल्पना नेपालमा अडियोबुकको प्रबद्र्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।‘अनलाइन अर्डर’ लिएर घरघरमा पुस्तक पुर्याउने सेवाबाट शुरुआत भएको ‘थुप्रै डट कम‘ले गतवर्षका लकडाउनमा ईबुकको सेवा शुरु गरेको थियो । ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको जानकारी दिए । यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्ने विश्वास गरिएको उनले बताए ।

अडियोबुकले पठन संस्कृतिको विकासमा थप सहयोग पुग्ने बताइएको छ । कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेका लागि अडियोबुक उपयुक्त हुनेछ । छापिएका पुस्तक किन्नुभन्दा अडियोबुक सस्तो पर्दछ र अनलाइनमाध्यमबाट किन्नासाथ तुरुन्तै सुन्न सकिन्छ । कार्यालय आवतजावत गर्दा, गाडी चलाउँदा र बसमा यात्रा गर्दा समयको उपयोग गरेर अडियो पुस्तक आरामले सुन्न सकिने सहव्यवस्थापक आचार्यले जानकारी दिनुभयो । घरायसी काम वा व्यायाममा व्यस्त हुनेहरूको लागि पनि अडियोबुक त्यत्तिकै सुबिधाजनक छ । दृष्टिविहीन र आँखाका समस्या भएकाहरूका लागि पनि अडियोबुक उपयुक्त विकल्प हुनसक्दछ ।

नेपाली भाषा बोल्न र बुझ्न सक्ने तर नेपाली पढ्न र लेख्न नसक्ने आप्रवासी नेपालीका लागि पनि अडियोबुक गज्जबको माध्यम बन्न सक्दछ । अडियो बुकका रूपमा शुरआतमा केही पुस्तक तयार गरिएका छन् । वरिष्ठ कविहरु माधवप्रसाद घिमिरे, ईश्वर वल्लभ, दिनेश अधिकारी, हरिहर अधिकारी ‘श्यामल’ दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, सुजीव शाक्य र जीवनकुमार प्रसाईं लगायतले आफ्नै आवाजमा आफ्नो कृतिको वाचन गरेका छन् । रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका कृति पनि उपलब्ध छन् ।

‘थुप्रै’ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिसर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगायतका प्रकाशन गृहसँगको सहकार्यमा शुरु गरेको जनाइएको छ । यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तररुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक आचार्यले जानकारी दिए। उनले हाललाई प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने जानकारी दिए। नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिगमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने छ । यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ अडियोबुक ‘थुप्रै’को वेबसाइट र ‘थुप्रै’ मोबाइल एपमार्फत उपलब्ध छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने