२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

पोखरा । गण्डकी प्रदेशको प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले धर्ना दिएका छन् ।  नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको निवासमा पुगेका हुन्।

२७ गते विश्वासको मत नपाएका गुरूङ स्वत पदमुक्त भएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आह्वान गरेकी थिइन् । शुक्रबार नै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले ३१ जना सांसदको बहुमत हस्ताक्षरसहितको दाबी पत्र बुझाएको थियो ।  तर, गुरूङले पनि राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थन रहेकाे पत्रसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि विवाद उत्पन्न भएकाे हाे । यसलाई विपक्षीले ‘लाजमर्दो’ क्रियाकलाप भनेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर