Jun 8, 2023
बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो ।
शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर ११ ठूलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । शनिबार जिल्ला प्रहयरी कार्यालय बागलुङमा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
प्रहरीले गलकोट नगरपालिका वडा नम्बर ११ ठूलपोखरीमा बस्ने ३१ वर्षीय विष्णु श्रीस, सोही स्थानका ३६ वर्षीय लाल बहादुर, मोहन, ३८ वर्षीय तुल बहादुर, २६ वर्षीय मनोज, ४४ वर्षीय बेल बहादुर र ३० वर्षीय यम बहादुर श्रीसलाई पक्राउ गरेको छ । यसैगरी ३५ वर्षीय टंक सुनार, ४१ वर्षीय झम काउचा र २८ वर्षीय बल बहादुर विक पक्राउ परेका छन् ।
प्रतिकृया दिनुहोस्