१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौँ । पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् ।

Advertisement

देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसमविदले बताएका छन् ।शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

यसैबिच यो वर्ष मनसुनजन्य विपद (बाढी–पहिरोसहित) बाट १८ लाख बढि मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो । तर यो वर्ष औसत भन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ ।

आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताएका छन् ।उनले भने, ‘यो वर्ष बढि वर्षा हुने आँकलन छ, कोभिड–१९ को महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतिपूर्ण अवस्थाबाट गुज्रिएको छ । यसलाई नै केन्द्रित गरेर पूर्व तयारी र प्रतिकार्य योजना अघि बढाएका छौँ ।’

विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यो वर्ष मनसुनमा १८ लाख भन्दा बढि मानिस प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुने अनुमान गरिएको हो ।

गएको वर्ष मनसुनजन्य विपदबाट करिब ४०० मानिसको मृत्यु भएको थियो । एक हजार एक सय भन्दा बढि परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।यो वर्ष बढि पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरि स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालेको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था