ताजा अपडेट »

रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, संक्रिय संक्रमितको संख्या हजार भन्दा कम

शुक्रबार, २८ जेठ २०७८, १७ : ३४
12 Shares

बुटवल । रुपन्देहीमा कोरोनाको द्रोसो लहर सुरु भएदेखि पहिलो पटक मृत्यु हुनेको संख्या शुन्य भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा जिल्लामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन् । जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या पनि हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टाको अवधीमा १४३ संक्रमित निको भएसँगै रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार भन्दा कम भएको हो । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ९९२ रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ३०६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७/७ जना, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६२ पुगेको छ ।

https://www.globalaawaj.com/archives/112391
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।