२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

काठमाण्डौं । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । लगातार नयाँनयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्से सामान्य रूपमा थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ बिन्दुुले बढेर ५२७.८७ मा पुगेको छ । कारोबार भएका कूल २२० कम्पनीको तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर रु १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए ।

Advertisement

बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घटेको हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर आरोलो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १७.७८, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादन ३८.६७, अन्य ६ र जीवन बीमा २७३.६८ अङ्कले घटेको छ ।

यस्तै, विकास बैंक १२०.६, जलविद्युत् ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, सामूहिक लगानी कोष ०.१२ र लगानी १.१२ बिन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९९ करोड ६५ लाख ६० हजार ६३६ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु ५७ करोड ५० लाख ८५ हजार ४२४, लुम्बिनी विकास बैंक रु ४५ करोड ९३ लाख एक हजार ९०७, अपि पावर कम्पनी रु ४४ करोड ५८ लाख ८६ हजार ११५ र नेपाल इन्स्योरेन्सको रु ३८ करोड ९६ लाख ७९ हजार ५६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार पाँचथर पावर कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ९.९७, शिव श्री हाइड्रोपावर ९.९७, ङादी ग्रुप पावर ९.९३ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाएका छन् । त्यस्तै, गुर्खाज फाइनान्स ४.२५, हिमालयन जनरल इन्स्योरेन्स ३.१९, युनाइटेड इन्स्योरेन्स ३.१८, लाइफ इन्स्योरेन्स २.६८ र समिट लघुवित्तका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश