June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन असफल

153

बुटवल । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत पाउन असफल भएका छन् । आज गण्डकी प्रदेश सभामा गुरुङले आफूमाथी संसदको विश्वास छ भनि दिएको प्रस्तावमा बहुमत नपुगेको सभामुख ले जानकारी गराए ।

६१ प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशसभामा ५८ मतदान प्रक्रियामा सहभागी भएका थए । उनको पक्षमा २७ मत खसेकाे थियाे भने बिपक्षमा ३० मत मत खसेको थियो । १ जना तटस्थ बसेका छन् भने १ जना उनुपस्थीत रहेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्दथ्यो । गण्डकीमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी कुल ३२ सांसद छन् ।

पछिल्लो अपडेट