ताजा अपडेट »

निषेधाज्ञा खुकुलो बनाएर स्वास्थ्य मापदण्ड कडा बनाउन विज्ञको सुझाव

विहीबार, २७ जेठ २०७८, १५ : ४८
4 Shares

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा असार १ गतेबाट खुकुलो बनाउने तयारी गरेको छ । गृहमन्त्रालयले सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदर समेत न्यून भएकाले जारी निषेधाज्ञामा केही खुकुलो गर्ने योजना बनाएको हो । जनस्वास्थ्य विज्ञले पनि सङ्क्रमण दर विस्तारै घट्दै गएकाले निषेधाज्ञालाई खुकुलो पार्दै लैजान सकिने सुझाव दिएका छन् भने काठमाडौं उपत्यकाका नगर प्रमुखले भने निषेधाज्ञालाई थप कडा पाउनुपर्ने बताएका छन् ।

जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डे जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्यौ भने निषेधाज्ञा खोल्दा फरक नपने बताएका छन् । निषेधाज्ञा शुरु भएको पनि धेरै समय भइसक्यो । यसले गर्दा आम जनतालगायत दैनिक ज्यालामजदुरी गरेर खाने नागरिकमा समस्या देखिएको छ । यसले गर्दा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्छ,’ जनस्वास्थ्य विज्ञ पाण्डे भन्छन्, ‘तर, निषेधाज्ञालाई एकैचोटि भने खोल्नुहुँदैन । एकै चोटी निषेधाज्ञा खोल्दा सङ्क्रमण फेरि बढ्न सक्ने जोखिम हुन्छ । त्यसैले यसलाई क्रमिक रुपमा खोल्नुपर्छ ।’

उनले गत वर्षको अवस्था स्मण गर्दै भन्छन्, ‘गत वर्ष एकै पटक निषेधाज्ञा खोल्दा सङ्क्रमण बढ्ने क्रम दोहोरिएको थियो र फेरि पनि निषेधाज्ञा गर्नुपरेको थियो । त्यसैले त्यो अवस्था फेरि नआओस् भन्नका लागि शुरुमा उद्योगिक क्षेत्र, रोजगारीका क्षेत्रहरु खोल्न पर्छ । र त्यसपछि विस्तारै अन्य क्षेत्र खोल्दै लैजानुपर्छ ।’

सागै उले यसका लागि स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने बताए । गोरखापत्र अनलाइनसँगको कुरामा उहाँले सार्वजनिक यातायात, स्कुल, कलेज, सिनेमा हललगायत धेरै भीडभाड हुने क्षेत्रहरु तत्काल खोल्न नहुने बताए । यी क्षेत्रलाई विस्तारै खोल्दै लैजानुपर्ने उनको भनाइ छ । ‘गत वर्षको कोरोना सङ्क्रमण अलि कमजोर प्रकृतिको थियो । त्यसले गर्दा धेरै हाहाकार हुनुपरेको थिएन,’ उनले भने,‘तर, विगतका महिनामा जति पनि भोग्योैं त्यो कल्पना गरेको भन्दा खराब अवस्था अहिले हामीले भोग्नु परेको छ ।’

तर, सरकारले असारबाटै शैक्षिक संस्थाहरुपनि खोल्ने बताउँदै आएको छ । यो अवस्थामा जोखिम पुनः बढ्न सक्ने प्रश्नमा उनले अहिले शैक्षिक संस्थाहरूलगायत धेरै भीडभाड हुने ठाउँहरु अहिलेनै खोल्न नहुने बताए । शैक्षिक संस्था खोल्दा बालबालिकाहरुमा सङ्क्रमणको जोखिम बढि हुन्छ । एउटा बालबालिकालाई सङ्क्रमण भयो भने अरु बालबालिका पनि सङ्क्रमण हुन सक्ने हुँदा शैक्षिक संस्था अहिलेनै खोल्नु हुँदैन,’ जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेले बताए ।

यसैगरी अर्का जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षितले पनि निषेधाज्ञा खुकुलो बनाउनुपर्ने बताएका छन् । ‘पछिल्लो तथ्याङ्क हेर्ने हो सङ्क्रमण दर घटिरहेको छ, शहरको कुरा गर्ने हो भने,’ उनले भने । तर, विगतको तुलनामा परीक्षण कम भएर सङझ्क्रमण दर घटेको भन्ने छ नि रु भन्ने जिज्ञासामा उनले परीक्षण भइरहेको बताए । ‘अहिले पीसीआर र आरडिटी परीक्षण बढाइएको छ । आरडिटी बढाएको हुनाले परीक्षण पहिलेभन्दा बढेको बताए । ‘अहिले सङ्क्रमणको तथ्यांक हेर्ने हो भने तीन गुण घटेको देखिन्छ । यसले सङ्क्रमित हुने दर पक्कै घटेको हो । अहिले बढ्ने क्रम छैन । यो हिसाबले निषेधाज्ञा खुकुलो पर्नुपर्छ,’ उहाँको भनाइ छ, ‘नागरिकलाई अरु समस्या पनि छ, खाली कोभिड मात्र हैन । त्यस्तैले निषेधाज्ञा खुकुलो बनाउनुपर्छ ।’

उनका अनुसार निषेधाज्ञा खोल्ने तरिकाहरु छन् । यसलाई क्रमिक रुपमा खोल्दै लैजानुपर्छ । सबै कुरा एकै पटक खोल्नुहुँदैन । यसबारे सरकारले निर्णय गर्नुपर्छ । ‘भिडभाड नहुने गरी पसलहरु खोल्न दिनुपर्यो, जुन अहिले भइरहेको छैन । समानहरु किन्ने समय मिलाउनुपर्छ, उनले भने । त्यस्तै उनले सार्वजनिक यातायातमा रजोरविजोर प्रणाली लागू गर्न नहुने बताएका छन् । ‘सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागू भए । यसले भिडभाड झन बढाउँछ । बरु मापदण्ड पालना गरेर सार्वजनिक सवारी साधन पूर्ण रुपमा खोल्नुपर्छ । जोरविजोर गर्दा गाडिमा भीड बढ्छ । यी कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ ।’

यसैगरी काठमाडौंका उप–प्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० र भक्तपुरका नगर प्रमुखले सुनिल प्रजापतिले निषेधाज्ञालाई थप कडा पर्नुपर्ने बताए भने ललितपुरका नगर प्रमुख चिरीबाबु महर्जनले निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने बताए । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गीले अहिले तत्काल निषेधाज्ञा खोल्न नहुने बताए । ‘कोरोनाको नयाँ भेरियन्ट पहिलाको जस्तो होइन । अहिले एकदम भयावह अवस्था छ । सङ्क्रमणका कारण नागरिकहरु मृत्युशय्यासम्म पुगेको अवस्था छ,’ उप–प्रमुख खड्गीले भने ‘यो अवस्थामा सरकारले निषेधाज्ञा खुकुलो बनायो भने भोलि फेरि भयावह हुने अवस्था आउन सक्छ । पछिल्लो हप्तामा हामीले थामेर थामिन नसक्ने अवस्था आएको थियो । त्यसैले सङ्क्रमितको सङ्ख्यामा कमि आएपनि निषेधाज्ञालाई खुकुलो नगरेर थप कडा बनाउनुपर्छ ।’ उनले सङ्क्रमणलाई पूर्णरुपमा निम्त्याउने किसिमको कार्य गर्न नहुने बताए ।

यता ललितपुर महानगरपालीकाका नगर प्रमुख चिरीबाबु महर्जनले भने जारी निषेधाज्ञा खुकुलो बनाउनुपर्ने बताए । ‘निषेधाज्ञा गर्ने भनेकै सङ्क्रमणको ‘चेक ब्रेक’ गर्ने हो । जुन अहिले घट्दो क्रममा छ,’उनले भने , ‘स्वास्थ्य मापदण्डको पादना गर्ने सतर्कता अपनाउने हो भने निषेधाज्ञा खुकुलो पार्दा खासै फरक पर्दैन ।’ यद्यपी खाली निषेधाज्ञा गरेर मात्र हुँदैन रु कहिलेसम्म निषेधाज्ञा गर्ने रु यसैले यसलाई विस्तारै खुकुलो बनाउँदै लैजानुपर्छ । यसका लागि व्यापक जनचेतना कार्यक्रमहरु अगाडि समेत नगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

त्यस्तै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले अहिले नै निषेधाज्ञा खुकुलो बनाउँदा सङ्क्रमण दर बढ्न सक्ने बताए। साथै उनले यसबारे सरकारले सोच्नुपर्ने विषय भएको बताए । ‘सङ्ख्यात्मक हिसाबले कुरा गर्ने हो भने सङ्क्रमण दर कम भएको देखिएको मात्र हो । यो परीक्षण नगरिएको कारणले पनि हुन सक्छ । पीसीआर परीक्षण बढायो भने सङ्क्रमण अझै बढ्रन सक्ने सम्भावना छ,’ उनले भने, ‘त्यसैले सरकारले सोचेर गर्दा राम्रो हुन्थ्यो । त्यसमा पनि ठाउँ अनुसार गर्दा उपयुक्त हुन्छ । जहाँ सङ्क्रमण दरमा कमि आएको छ त्यहाँ खुकुलो बनाउँदा हुन्छ भने सङ्क्रमण दर बढी भएको ठाउँमा खुकुलो नबनाउदा राम्रो ।’

निषेधाज्ञा खुकुलो भएसँगै आवतजावत बढ्ने हुँदा सङ्क्रमण दर पनि पुनः बढ्न सक्ने हुँदा सरकारले यी सबै विषयलाई मध्यनजर गरेर अगाडिको कदम चाल्दा उपयुक्त हुने उनले बताए । गृह मन्त्रालयले मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा गरिरहेको छ र यसकै आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्याल हुने जनाइएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमणभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ । बुधबार झण्डै १६ हजार ६१५ जनाको परीक्षण गरिएकोमा चार हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भयो भने पाँच हजार ७६८सङ्क्रमण मुक्त भएका छन् । सोही अवधिमा कोरोनाबाट ८१ जनाको मृत्यु भएको छ ।-आशा साह/गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।