२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

फाइल तस्विर

धनगढी । बढ्दो कोरोना सङ्क्रमणका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएकोे छ । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट जारी निषेधाज्ञा नखुल्दा घरपरिवारसँगै बसिरहेका विद्यार्थीमा मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा झुम्मिने बानीका कारण पढ्ने बानी कम भएपछि आफूहरूमा चिन्ता थपिएको अभिभावकहरुको भनाइ छ । नियमित अध्ययन र गृहकार्यको बोझ विद्यालय बन्द हुँदा कम भएको महसुस गरी आफ्ना अन्य गतिविधिमा विद्यार्थी व्यस्त हुँदापनि उनीहरूको पढ्ने चाहनामा कमी आउने शिक्षकहरूको भनाइ छ । आफ्ना सन्तानहरूको पढाइप्रतिको लगाव कम भएकाले अभिभावकले चिन्ता मानेर बस्नुभन्दा उनीहरूलाई पुस्तकसँग कसरी नजिक बनाउने भन्नेबारे सोच्नुपर्ने जानकारहरू बताउँछन् ।

Advertisement

पहिले कक्षामा राम्रै नतिजा ल्याउने तथा विद्यालयबाट घर फर्कने बित्तिकै खाना खाजा खाएर पढ्न बसिहाल्ने घोडाघोडी नगरपालिका–१० स्थित कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले निषेधाज्ञा भएदेखि हालसम्मको समयमा एकदिन पनि अध्ययनलाई ध्यान नदिँदा उनका अभिभावक अहिले चिन्तामा छन् । कक्षामा जहिले राम्रो नतिजा ल्याउने आफ्नो सन्तानको यस्तो अवस्था देखेपछि धेरै सम्झाइबुझाई गर्ने प्रयास गर्दागर्दै पढ्न नमानेको ती विद्यार्थीका अभिभावकले बताए।

निषेधाज्ञाको समयमा घरमै बसिरहँदा शुरु शुरुमा पट्यार लागेका कारण मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा गेम खेलिरहने गरेका कारण पछि पनि जति सम्झाउँदा विद्यार्थीले पढ्नेकुरामा त्यति ध्यान नदिँदा समस्या आएको घोडाघोडी नगरपालिका–११ का हरिराम चौधरीले बताए । उनले भने, “कक्षा ८ मा अध्ययनरत आफ्नो १६ वर्षीय छोराले निषेधाज्ञाको समयमा एक पटक पनि किताब समाएर नबसेको देखेपछि बारम्बार सम्झाउँन खोजेपनि उनले पढ्नेतर्फ खासै ध्यान दिएन, आजभोलि त भन्न पनि छोडिदिए, जति भनेपनि पढ्न मान्दैनन् ।”

पढ्ने बानीको विकास त विद्यार्थीमा विद्यालयबाटै भएको हुन्छ तर त्यसमा अभिभावकको भूमिका पनि हुनुपर्छ नत्रभने लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीमा स्वभाविकरुपमा पढ्ने चाहना तथा बानी कमजोर हुँदै जाने राष्ट्रिय कलेजका उपप्राध्यापक प्रभात बोगटीको भनाइ छ । विद्यालय नगई घरमै लामो समय बसिरहँदा अभिभावकले आफ्ना सन्तानलाई पाठ्यक्रमका पुस्तकसँगै अन्य रचनात्मक पुस्तकहरू अध्ययन गर्नलाई उत्प्रेरित गर्नुपर्ने उनले बताए । नियमित विद्यालय जानुनपर्दा विधार्थीलाई गृहकार्यको ठूलो बोझ हटेको महसुस हुने भएका कारण पनि पढ्ने चाहना कमी आउने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई प्रेरणात्मक शैलीले पढ्ने वातावरण बनाउनुपर्ने उपप्राध्यापक बोगटीको भनाइ छ । अभिभावकको व्यवहार र बालबालिकको मनोविज्ञान बालबालिकाको मनोविज्ञान यतिबेला अभिभावकको व्यवहार र भूमिकाअनुरुप निर्धारण भएको मनोविश्लेषकहरुको भनाइ छ । “यो बेलामा अभिभावकले कुन तरिकाले शिक्षा दिएका छन्, कोरोना सङ्क्रमणबाट कसरी बच्न सिकाएका छन्, कसरी नआत्तिन सिकाएका छन्, घरमा बस्दा बालबालिकालागि कुन वातावरण सिर्जना गरिदिएका छन् भन्ने कुराले निर्धारण गर्छ”, उनीहरुले भने ।

यो बेला बालबालिकाले कहिल्यै नभोगेका कुरा भोगिरहेका छन् । साना बालबालिका घरभित्र बस्दा एक किसिमको रमाइलो हुन्छ । तर यस्तो बेलामा परिवारले बालबालिकालाई नबुझेर गाली गर्दा ठूलो मनोवैज्ञानिक असर पर्ने उनीहरुको बुझाइ छ । मनोविश्लेषकहरुका अनुसार यो बेलामा अभिभावक आफैं चिन्तामा हुन्छन् । त्यसकारण केही अभिभावक रिसाउने, गाली गर्ने वा पिट्ने प्रकृतिका हुन्छन् । बाहिर जाँदा पनि गाली गर्ने, भित्र खेल्यो भने पनि गाली गरेको हुन सक्छ । यस्तो हुँदा बालबालिकाको मनोविज्ञानमा असर परेको अवस्था हुनसक्छ । आम रूपमा शिक्षक, अभिभावक, अग्रजहरूले बालबालिकालाई तिमीहरूको पढाइ छुट्यो, बर्बाद भयो भन्ने मानसिकताको विकास गराउनु हुन्न । हामी विद्यालय नै नजाँदा पनि सिकाइ जीवनपर्यन्त चलिरहन्छ भन्ने कुरा बुझाउन सक्नुपर्ने उपप्राध्यापक बोगटीको,’ भनाइ छ । नीति निर्माणमा तहमा रहेकाले पनि बालबालिकालाई मनोवैज्ञानिक रूपमा बलियो बनाउनका लागि प्रभावकारी संयन्त्र बनाउनुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ