१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । संगीतकार एवम् संगीत शिक्षक दिपकसिंह कालिकोटेको निधन भएको छ । कालिकोटेको मस्तिष्क रोग (ब्रेन ह्यामर)बाट बुधबार राति दार्जिलिङमा निधन भएको उनलाई नजिकबाट चिनेका बुटवलका नारायण थापाले जानकारी दिए ।

२०५० सालमा दार्जिलिङ्गबाट बुटवलमा आएका कालिकोटेले २०५० सालमै बुटवलमा म्यूजिक स्कूलको खोली धेरैलाई संगीत सिकाएका थिए । कालिकोटेले हारमोनियम, तबला, किवोड र डमरु सेट बजाउने र सिकाउने समेत गथेँ । संगीतसँगै उनले लामो समय बुटवलको कान्ति बोर्डिङ्ग स्कूलमा अध्यापन समेत गराएका थिए । बुटवलका धेरै पुराना सङ्गीतकारहरू उनीसँग सङ्गीत सिकेका छन् ।बुटवलको म्यूजिक स्कूल बन्द गरेर कालिकोटेले काठमाडौँको लिटिल एन्जल्समा पनि म्यूजिक सिकाएका थिए । उनमा केही समय अगाडिदेखि प्यारालाईसेस भएपछि उनी घरमा नै आराम गरेर बसेका थिए।

बुटवलका संगितकार सुरेश सेन्चुरीले कालिकोटेको निधनमा दुःख व्यक्त गरेका छन् । सेन्चुरीले कालिकोटेको जन्म दाजिलिङमा भएतापनि बुटवलको संगीत क्षेत्रको विकासका लागि ठूलो योगदान रहेको बताए । उनको निधनमा सांगीतिक ब्याण्डहरुको समूह बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले पनि दुःख व्यक्त गरेका छन्। उनले बुटवलका धेरै पुराना सङ्गीतकारहरूले कालिकोटेबाट सङ्गीत सिकेको बताए । यस्तै श्रेष्ठले कालिकोटेको नेतृत्वमा पहिलो पटक ’दिपक बज्राचार्य’, सनुप पौडेल, (गायक/सङ्गीतकार), र अन्य राम्रा सङ्गीतकर्मीहरुसँग Backup Band मा सिक्ने अवसर समेत मिलेको बताएका छन् । साथै उनीबाट धेरै कुरा सक्ने र बुझ्ने अवसर मिलेको बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे