१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

झापा । मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा समेत स्थानीयवासी ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएको छैन । मेचीनगर नगरपालिका–९ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । नगरपालिकाले जङ्गली हात्तीले मृत्यु भएमा रु २५ हजार काजकिरिया खर्च उपलब्ध गराउने नियम छ ।

Advertisement

घटना लगत्तै नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का घरमै पुगेर तत्काल काजकिरिया खर्च उपलब्ध गराउने आश्वासन दिएको मृतकका माइला छोरा किरणले बताए । यद्यपि घटना भएको २३ औँ दिन बितिसक्दा समेत मृतकका परिवारले नगरपालिकाबाट कुनै राहत पाएको छैन । “दिन्छु भनेपछि दिनैपिच्छे वडा कार्यालय र नगरपालिकामा धाइरहेका छौँ”, मृतककी जेठी बुहारी सुबिना विश्वकर्माले भने, “अहिलेसम्म पाएका छैनौँ ।”

ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको राई परिवारको मागुरमाडी सामुदायिक वन बिट नं १ को छेउमा २२ वर्षदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा अझसम्म बनेको छैन । मृतक राईका पत्नी जुनबिरा, चार छोरा र एक छोरी छन् । मेचीनगरका प्रमुख आचार्यले अझैसम्म मृतकका परिवारले काजकिरिया खर्च नपाएकोमा अनभिज्ञता प्रकट गरे । “उनीहरुले तुरुन्तै पाउनु पर्ने हो, दिनु पनि भनेको हो”, उनले भने, “के भएको रहेछ बुझेर तुरुन्त उपलब्ध गराउँछौँ ।”

स्थानीय नवकिरण टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले काजकिरिया खर्च मृत्यु भएको १३ दिनभित्रै पीडित परिवारले पाउनु पर्नेमा नगरपालिका र वडा कार्यालयबाट ढिलासुस्ती गरिएकोमा गुनासो व्यक्त गरे । काजकिरिया खर्चवापत नगरपालिकाले रु २५ हजार र डिभिजन वन कार्यालय झापाले रु ५० हजार दिने व्यवस्था रहेको छ । यसका लागि मृतकका परिवारले बैंकमा खाता खोलिसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था