१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा स्थानीय जनआस्था पृथ्वी क्लबको सहजिकरणमा गरिव तथा विपन्न परिवारलाई राहत सामग्री वितरण भएको छ । वैदेशिक रोजगारमा रहेका विभिन्न व्यक्तिहरुबाट प्राप्त रकमबाट खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको क्लबका अध्यक्ष उदय आले मगरले जानकारी दिए ।

क्बलले बेदैशिक रोजगारमा रहेका आफ्ना सदस्यहरुबाट प्राप्त रकमबाट राहत सामग्री खरिद गरी मँगलबारदेखि वितरण सुरु गरेको हो । क्लबले मँगलबार कञ्चनको वडा नम्बर ४ मा रहेका ४० घरपरिवारलाई चामल, नून, तेल लगायतका खाद्य सामग्रीसहित स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । रोजगारीका क्रममा जापानमा रहेका नारायण थापा, नर बहादुर थापा, अस्ट्रेलियामा रहेका मेनुका रसाइली र साउदीमा रहेका सुनिल पुलामीको पहलमा राहतका लागि रकम संकलन भएको थियो ।

जेठ ३१ गतेसम्म गरिव तथा विपन्न परिवाहरुलाई राहत सामग्री वितरण गर्ने अभियानलाई कञ्चन–४ का अध्य दुर्गासिंह क्षेत्रीको उपस्थितीमा शुभारम्भ गरिएको थियो । स्थानीय समाजसेवी तथा निर्माण व्यबसायी डोल बहादुर थापा तथा क्लवका सचिव हिमाल थापाको उपस्थिती रहेको राहत वितरण कार्यक्रममा बिपन्न घरपरिवार र ज्याला मजदुरीमा निर्भर रही खानाको अभाव भएका कञ्चनका कुनै पनि बिपन्न परिवारहरुले सम्पर्क गरी राहत लिन आग्रह गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था