Jun 8, 2023
बुटवल । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।
प्रतिकृया दिनुहोस्