ताजा अपडेट »

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने

विहीबार, २७ जेठ २०७८, ०७ : २०
4 Shares

बुटवल । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीवार) प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलवार संसद सचिवालयमा दर्ता गरिएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । दलहरूले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८(३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशख २९ गते पृथ्वीसुब्बा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल हो ।

ठूलो दलको हैसियतले संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री नियुक्त भए पनि उनले विश्वासको मत पाउने सम्भावना छैन ।

संसदमा प्रतिनिधित्व गर्ने सभामुखसहित ६० सदस्यमध्ये उनले विश्वासले विश्वासको मत पाउन ३१ सदस्य आवश्यक पर्छ । उनको दल नेकपा एमालेका मात्र २७ सदस्य छन् । उनलाई तत्काल स्वतन्त्र १ सहित कूल २८ जनाको समर्थन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।