ताजा अपडेट »

त्रैमासिक र आन्तरिक मूल्यांकनबाट वार्षिक नतिजा तयार गर्न बुटवल उपमहानगरको आग्रह

आइतबार, २३ जेठ २०७८, १७ : ४९
4 Shares

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूका कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको नतिजा त्रैमासिक परिक्षा र आन्तरिक मूल्याङ्कनबाट गर्न आग्रह गरेको छ ।  उपमहानगरले आइतबार एक बिज्ञप्ती निकाल्दै कोरोनाको महामारी जारी रहेकोले निषेधाज्ञा सकिएको १ हप्ताभित्र प्रथम त्रैमासिक आरक्षबाट ३० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाबाट ५० प्रतिशत र बाँकी २० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट गर्न आग्रह गरेको हो । 

कोरोनाको महामारी रहेकोले नतिजा प्रकाशनको लागि भने मिति तोकेर अर्को सूचना जारी गरिने बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या शाखा प्रमुख मित्रमणि खनालले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।