१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए । सहप्राध्यापकद्वय किशोर महर्जन र डा। शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नविन कर्णको सङ्क्रमणका कारणले निधन भएको छ ।

त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिए । आंक्षिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन् ।त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !