ताजा अपडेट »

एसईई : आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिने

मंगलबार, १८ जेठ २०७८, ०६ : ४३
4 Shares

बुटवल । सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाट गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट परीक्षा लिएर सोहीअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारेको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

यसअघि परीक्षाको मोडालिटी तयार गर्न कार्यदल बनाइएको थियो । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको थियो भने बोर्डले मन्त्रालयमा पेश गरेको थियो ।

मन्त्रिपरिषद्ले एसईईबारे टुंगो लगाएपछि अब परीक्षा कसरी हुने भन्ने अन्योलता पनि हटेको छ । सरकारले कोरोनाकै कारण यसअघि तय गरेको परीक्षा स्थगित गरेको थियो । अब आन्तरिक मूल्यांकनबाट परीक्षा गर्न आवश्यक तयारी गरिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।