ताजा अपडेट »

भुइँमान्छे

सोमबार, १७ जेठ २०७८, २१ : ४३
57 Shares


जिन्दाबाद !
मूर्दाबाद !
जिन्दाबाद ! जिन्दाबाद ! जिन्दाबाद !
जोसिला मुठ्ठी कस्यो ।
परररर….. ताली पिट्यो
मिठा सपना बोकेर , यही माटोमा फूल फक्राउने आशा बोकेर ।
घण्टा, दिन, महिना अनि वर्षौ पर्खियो ,
प्रतिक्षा मै बिते जवानीका दरिला पलहरु ।
अहँ…. केही आएन गाउँमा उसको
न बाटो, न पानी,
न रेल, न जहाज
न नेता, न जागिर ।
आयो त केबल गफ आयो ।
फेरी खोई के–के ल्याउने गफ आयो ।
पेट कहिले आधा त कहिले पूरै भोको उसको
अहँ….बलेने चुल्हो उसको
बलेनन् उसका नयन ।
एकछिन गम खायो
विवशता उस्कै अघि ठिङ्ग उभिएको हे¥यो ।
चुहिएको छानो हेर्याे
बा का आँसु हेर्याे।
थाम्नेै सकेन आँफैलाई
जुरुक्क उठ्यो
साहुलाई बुढी औला बुझाएर
आमाको रानीखेत बन्धकी राखेर
उड्यो एक थान भुइँमान्छे ,
ती गफ जस्तै
हवाई जहाजमा सररररररर …
बालुवाको देश तिर ! ! !

https://www.globalaawaj.com/archives/109776
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।