ताजा अपडेट »

बुटवलमा निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्दा २७ हजार ३ सय जरिवाना !

सोमबार, ०३ जेठ २०७८, २१ : १०
6 Shares

बुटवल । बुटवलमा निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्दा २७ हजार ३०० जरिवाना तिरनु परेको छ । आइतबार निषेधाज्ञाको अवज्ञा गरी बुटवल उपमहानगरपालिका –९ मिलनचोक स्थित सेराज रेष्टुरेण्ट संचालन गरी अनावश्यक भिडभाड गर्ने रेष्टुरेण्टका सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ थियो ।

पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका –४ वस्ने ४४ वर्षका होटल संचालक शेर बहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ वस्न ४० वर्षका होटल संचालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो । जरिवाना बाफतको २७ हजार ३०० असुल गरी उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

रेष्टुरेण्ट संचालन गरी अनावश्यक भिडभाड गराई निषेधाज्ञाको अबज्ञा गरिरहेको अबस्थामा आइतबार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध समेत गरेको प्रहरीले जनाएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।