ताजा अपडेट »

यस वर्ष पनि एसईई र कक्षा १२ को परीक्षा स्थगित

सोमबार, २७ बैशाख २०७८, ११ : ०२
4 Shares

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारीअनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।

एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो।यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।