ताजा अपडेट »

कारभित्र मृत ३ बच्चाको पहिचान खुल्यो

आइतबार, १९ बैशाख २०७८, ०८ : ००
14 Shares

दाङ । दाङको तुलसीपुर ६ स्याउली बजार स्थित पार्किङ गरी राखेको भारती नम्बर प्लेटको कारमा मृत अवस्थामा फेला परेको ३ बच्चाको पहिचान खुलेको छ । मृत्यु हुनेमा तुलसीपुर ६ बरुवागाउँ निवासी भिम बहादुर परियारका ९ वर्षिय छोरा किरण परियार, सोही ठाउँका सन्तोस परियारका ७ वर्षिय छोरा सुवास भन्ने सुवर्ण परियार र किरण परियारका ६ वर्षिय छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिए । उनका अनुसार बैशाख १६ गते इप्रकामा २ जना बच्चा हराएको भन्ने निवेदन परेको थियो । ‘ १६ गते हामी कहाँ २ जना बच्चा हराएको भन्ने निवेदन आएको थियो,’ डिएसपी सिंहले भने,‘ अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे । घटनाको बारेमा थप अनुसान्धान भइरहेको छ । ’ मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ ।

३ जना बालक एउटै कार भित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको बिशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र ३ वटा बच्चा शनिवार साँझ मृत अवस्थामा फेला परेपछि त्यो घटना अनुसन्धान गर्न कुकुरसहितको बिशषेज्ञ टोली दाङ आएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ ।

https://www.globalaawaj.com/archives/103815
सुमन केसी
लेखकको बारेमा
सुमन केसी