ताजा अपडेट »

गाई गोठबाट सुरु पुस्कालय अत्याधुनिक भवनमा, पूर्वमन्त्री बिष्टद्वारा शुभारम्भ

आइतबार, १२ बैशाख २०७८, ०९ : ०५
48 Shares


गुल्मी । शनिवार नेकपा एमाले स्थाई कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले सदरमुकाम तम्घासमा हालै सम्पन्न भएको किरण पुस्ताकालयको अत्याधुनिक भवनमा पुरानो पुस्ताकालयबाट पुस्तकहरु स्थानन्तरण गर्ने कार्यको शुभारम्भ गरेका छन् । पूर्वमन्त्री बिष्टकै पहलमा करिब ७ करोड लागतमा बनेको ई–लाईबेरी सहितको चारतले आधुनिक सुविधा सहितको भवनमा किरण पुस्ताकालयका अध्यक्ष शशी पन्थी लगायतको टोलीले पुजा पाठ सहित पुस्तक पूर्वमन्त्री बिष्टद्वारा पुस्तक स्थानतरणको शुभारम्भ गराएका हुन् ।

१० वटा कोठा , सभाहल , पुस्तक वाचानालय, अग्नी नियन्त्रण सुविधा समेतको भवन गुल्मीमा पहिलो पटक बनेको हो । तल पार्किङ्ग सुविधा , सुन्दर बगैचा सहित सदरमुकाम तम्घास कै शोभा बढाउने भवनको शुभारम्भ गर्दै मन्त्री बिष्टले पनि खुशी प्रकट गरे । किरण पुस्ताकालयका अध्यक्ष तथा हाम्रो पुरुषार्थ त्रैमाशिक पत्रिकाका सम्पादक शशी पन्थीका अनुसार २०२४ सालमा पिएचडी गर्ने पश्चिम नेपालकै पहिलो ब्यक्ति गुल्मीका टिकाराम पन्थी सहित तत्कालिन समयका विद्धानहरु मिलेर सदरमुकाम तम्घासमा पुस्कालय खोल्ने परिकल्पना गरेका थिए ।

जति बेला पुस्ताकालय राख्ने स्थानको अभाव भए पछि सानो गाई गोठबाट २०२५ साल देखि किरण पुस्ताकालय सञ्चालनमा ल्याईएको थियो । २०२७ सालमा एकतले कच्ची भवनमा अलि ब्यवस्थित ढंगले सञ्चालन गर्ने भन्दै सञ्चाक समिति पनि गठन भएको त्यसको अध्यक्ष डाक्टर टिकाराम पन्थी भएको र २०३० साल सम्म उनी नै अध्यक्ष रहेका थिए । २०३५ सालमा हाल सम्मको दुईतले भवनमा किरण पुस्ताकालय अहिले आधुनिक र सुविधा सम्पन्न भवनमा सार्न पाएकोमा पन्थी सहितका सञ्चालन समितिले खुशी प्रकट गरेका थिए ।

किरण पुस्ताकालयका अध्यक्ष तथा हाम्रो पुरुषार्थ त्रैमाशिक पत्रिकाका सम्पादक शशी पन्थीले २०२७ साल देखि २०३० साल सम्म डाक्टर टिकाराम पन्थी अध्यक्ष रहेको बताए । पन्थीले भने –‘खानीगाउँका प्रेमलाल थापा , लक्ष्मीनाथ चिरञ्जीवी शर्मा , पछि तम्घास , तत्कालिन लक्ष्मीपुर गाउँपञ्चायतका प्रधानपञ्च डिल्लीराज उपाध्याय , विश्वनाथ पन्थी , थागीथुमका स्वर्गिय साहित्यकार भेषराज कुँवर लगायतका त्यति बेलाका पढालेखाहरुले किरण पुस्ताकालयको परिकल्पना गरेका थियौं । किरण पुस्ताकालय जिल्लामा पठन सांस्कृतिको विकासमा उल्लेख्य योगदान पुराउँदै आएको यहाँ स्थित राजनैतिक दल र समाज सेवीहरुले बताउँदै आएका छन । जसले अनवरत रुपमा शैक्षिक , साहित्यीक , सांस्कृतिक र भाषिक क्षेत्रको विकासमा बिशेष योगदान पुराएको छ ।

किरण पुस्तालय मार्फत प्रकाशित हाम्रो पुरुषार्थ पत्रिकाका विषय वस्तुहरु पनि ति क्षेत्रहरु कै विकासमा केन्द्रित हुने गरेको छ । बार्षिक अर्धबार्षिक हुँदै अहिले त्रैमाशिक पत्रिकाका रुपमा नेपाल प्रेस काउन्सिलबाट ‘क’ वर्गको पत्रिकामा सुचिकृत हुन सफल हाम्रो पुरुषार्थ पत्रिकामा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका प्रवुद्ध लेखकहरुले कलम लचाउने गरेका छन । स्थानीय प्रतिभाहरुलाई माथी उठाउन पनि हाम्रो पुरुषार्थ पत्रिकाको विशेष देन छ । अहिले ९० औं अंकको संघारमा पाईला टेकेको हाम्रो पुरुषार्थ पत्रिकाले जिल्लाको धार्मिक , पर्यटकिय क्षेत्रको विकास र अनुसन्धान तथा बिश्लेषण मुलक स्टोरी लेखनको माध्यमद्धारा जिल्लाका अन्य विकासका पक्षलाई पनि उजागार गरेको छ । त्यस्तै किरण पुस्ताकालयले स्थानीय देखि राष्ट्रिय स्तर सम्मको साहित्यीक गोष्ठी गर्ने गरेको छ।

किरण पुस्ताकालयको त्यही योगदानलाई उच्च मूल्यांकन गर्दै सुविधा सम्पन्न आधुनिक भवन पार्नमा आफूले पहल गरेको पूर्वमन्त्री बिष्टले बताउँदै आएका छन् । ई–लाईबेरीको विकास समेत गर्ने लक्ष्य लिईएको बताउँदै पूर्वमन्त्री बिष्टले किरण पुस्ताकालयको सुविधामा कुनै कमी हुन नदिने बताएका छन् । किरण पुस्ताकालयका अध्यक्ष शशी पन्थीले आधुनिक भवन पार्नका लागि नेता गोकर्ण बिष्टको अतुलिनिय योगदान रहेको भन्दै मुक्तकण्ठले पुस्ताकालय परिवारले सराहना गरेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।