काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ ।
आजको बैठकमा असन्तुष्ट खनाल नेपाल पक्षमाथि थप कारबाहीको निर्णय हुनसक्ने बताइएको छ । यसअघि बसेको बैठकले खनाल (नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने तयारी ऐएको हो ।
यस्तै, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उक्त भेटमा भएका कुराकानीको ओलीले आज बैठकमा ब्रिफिङ गर्ने पनि बताइएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायत पछिल्ला राजनीतिक घटनाका विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया