ताजा अपडेट »

बैशाख मसान्तसम्म बुटवलका विद्यालय बन्द, कक्षा ८ को अन्तिम परीक्षा पनि स्थगित

बुधबार, ०८ बैशाख २०७८, १६ : ३१
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गरेको छ । बुटवल उपमहानगले बुधबार एक सूचना जारी गरी बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न/गराउन आग्रह गरेको छ ।

यस्तै उपमहानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ भने पूर्व निर्धारित विद्यालय स्तरीय आन्तरिक परीक्षाहरु बैशाख मसान्तसम्मका लागि स्थगित गरेको छ । विद्यालय प्रशासन भने नियमित रुपमा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।