६ चैत्र २०७९, सोमबार

Mar 20, 2023


बुटवल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ को चैत्रसम्म (१० महिनाको अवधीमा) साना ठूला गरी ९६९ सवारी दुर्घटना भएका छन् । लुम्बिनी प्रदेेेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ती दुर्घटनाबाट ४ सय ४ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा ३१४ पुरुष, ६२ महिला, २८ बालबालिका रहेका छन भने उक्त दुर्घटनाबाट ८६४ गम्भीर घाइते र ५५९ जना सामान्य घाइते भएका छन् ।

Advertisement

सबै भन्दा धेरै दुर्घटना रुपन्देहीमा

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को चैत्रसम्म रुपन्देहीमा मात्रै २११ सवारी दुर्घटना भएको छ । सो दुर्घटनाबाट १०७ जनाले ज्यान गुमाएका छन् भने १६३ गम्भीर घाइते र ९७ जना सामान्य घाइते भएका छन् । यस्तै ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार नवलपरासी पश्चिममा सो अवधीमा १३७ दुर्घटना हुदाँ ३५ जनाको मृत्यु, १४२ जना गम्भीर घाइते र ४७ जना सामान्य घाइते, कपिलबस्तुमा ९२ दुर्घटना, ४६ जनाको मृत्यु, ७० गम्भीर घाइते र २४ जना सामान्य घाइते, पाल्पामा ४७ दुर्घटना, १५ जनाको मृत्यु, ४२ जना गम्भीर घाइते र ४० जना सामान्य घाइते, गुल्मीमा ३० दुर्घटना, १९ जनाको मृत्यु, २४ गम्भीर घाइते र ४३ जना सामान्य घाइते, अर्घाखाँचीमा २२ दुर्घटना, ४ जनाको मृत्यु, २२ गम्भीर घाइते, २० सामान्य घाइते भएका छन् ।

यस्तै दाङमा १८० दुर्घटना, ६३ जनाको मृत्यु, २१० गम्भीर घाइते र १०० जना सामान्य घाइते, बाँके जिल्लामा १२३ दुर्घटना, ५६ को मृत्यु, ७७ गम्भीर घाइते, बर्दियामा ७६ दुर्घटना, ३१ जनाको मृत्यु, ८० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते, प्यूठानमा १६ दुर्घटना, ६ जनाको मृत्यु, १२ गम्भीर घाइते र १० सामान्य घाइते, रोल्पा जिल्लामा १६ दुर्घटना, ६ जनाको मृत्यु, १२ गम्भीर घाइते र २० सामान्य घाइते, पूर्वी रुकुममा ११ दुर्घटना, ३ जनाको मृत्यु , १० जना गम्भीर घाइते र १९ सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना : प्रहरी उपरीक्षक बि.क.

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख (एसपी) डम्बरबहादुर वि.क.ले सवारी दुर्घटना हुनुको मुख्य कारण तीव्र गति भएको बताएका छन् । ‘पहाडी जिल्लामा सडकको अवस्थाको कारण सवारी दुर्घटना भएका छन् ग्लोबल आवाजसँगको कुराकानीमा वि.क.ले भने तराईका क्षेत्रमा तीव्र गति, चालकको लापरवाहीका करण धेरै दुर्घटना हुने गरेका छन् ।’ यस्तै एसपी वि.क.ले गर्मीको सिजनमा थकानका कारण पनि सवारी दुर्घटना हुने गरेको बताएका छन् ।

गर्मीको समयमा थकानबाट हुने दुर्घटना रोक्नका लागि सवारी चालकहरुलाई पानी भएको सार्वजनिक ठाउँमा रोकेर हातमुख धुन लगाउने लगायतका अभियान सञ्चालन सुरु गरेको बताए । दुर्घटना रोक्नका लागि लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले धेरै दुर्घटना हुने र दुर्घटना भएका स्थानमा विद्यालय, स्थानीय संघ संस्था र क्लबसँगको सहकार्यमा सडकमै जनचेतना मूलक कार्यक्रम गरेको बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले मंगलबारदेखि एक हप्तासम्म बुटवलको राजमार्ग चौराहाबाट भैरहवाको बुद्ध चोकसम्मको सडक क्षेत्रमा टिप्पर र हेबि लोडका सवारी साधनहरुलाई सडक लेन र ट्राफिक नियमसम्बन्धी सचेतनामूक कार्यक्रम सुरु गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार