६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

सल्यान । सल्यानमा एक छात्रालाई कोरोना पोजेटिभ देखिएपछि शारदा नगरपालिका ८ मार्के स्थित त्रिभुवन जनता मावि एक साताका लागि बन्द गरिएको छ । अन्य विद्यार्थीहरु जोखिममा पर्न नदिन आइतबारदेखि विद्यालय बन्द गरिएको हो । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले बताए । धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पीसीआर परीक्षण गराउँदा कक्षा १० मा पढने एक छात्रालाई कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए ।

संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेको विकले बताए । सबैको स्वास्थ्य सुरक्षाको लागि विद्यालय बन्द गराउनु परेको नगरपालिकाका शिक्षा संयोजक लिलाधर बबालले बताए ।

जिल्लाका विभिन्न स्थानमा कोरोना देखिन थालेपछि अनिवार्य रुपमा मास्क लगाएर विद्यालय जान तथा अन्य सुरक्षा सावधानी अपनाउन उनले आग्रह गरेका छन । स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जिल्लाका विभिन्न स्थानमा चार जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुको आइसोलेसनमा राखेर उपचार गराइरहेको जानकारी दिए । अहिले एक जना बाहेक अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार