२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

सुदूरपश्चिम । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आजदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमबार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आज अपराह्न ४ बजेदेखि मङ्गलबार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए । स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जनाइएको छ ।

सीमानाका बन्द भएसँगै कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ । भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । “हाल दैनिक एक हजार सङ्ख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।”

सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको सङ्क्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ । गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना सङ्क्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिबार मृत्यु भएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्याङ्क भने निर्देशनालयसँगै छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता