ताजा अपडेट »

बुटवलको तिनाउ अस्पतालमा डाक्टर समयमा नपुग्दा महिलाको मृत्यु

बुधबार, १८ चैत्र २०७७, ०८ : १०
2 Shares

बुटवल । बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा चिकित्सकको लापरवाहिले बिरामीको मृत्युभएको भन्दै आफन्तले विरोध जनाएका छन् । समयमा डाक्टर नआउँदा उपचार अभावले बिरामीको ज्यान गएको उनीहरुको आरोप छ ।

सोमबारदेखि अस्पतालमा भर्ना भएकी सैनामैना सालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको आज विहान उपचारका क्रममा मृत्यु भएपछि विवाद उत्पन्न भएको हो । लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याइएकी उनलाई सास फेर्न असहज भएपछि डाक्टरलाई बोलाउँदा समयमा नआएपछि विरामीले ज्यान गुमाउनु परेको मृतकका श्रीमान सुर्य बरालको आरोप छ । ‘मध्यराती अन्दाजी १ बजेर ५० मिनेटमा डाक्टरलाई कल गर्दा २ बजेर ४० मिनेटमा आइपुगेको उनले बताए । ईमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण्डारी समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको मृतकका श्रीमान बरालले बताए । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए ।

अस्पताल प्रशासनले भने डाक्टर सयमै पुगेको र उपचारमा कुनै कमी नगरिएको दाबी गरेको छ । ‘विरामीलाई रातको १० बजेदेखि नै असहज भएपछि ११ बजे आइसियूमा राख्न डाक्टरहरुले सुझाब दिएका थिए ।’ अस्पतालका अध्यक्ष चिञ्जिवी जोशीले ग्लोबल आवाजसँग कुरा गर्दै भने ‘चिकित्सकहरुले यसरी सल्ला गर्दा मृतकका आफन्त तथा छोरीले बुवा (मृतकको श्रीमान) आएपछि सल्लाह गर्छौ भनेका रहेछन् । यसरी समयमा आइसियू नराख्ना बिरामीको मृत्यु भयो । ईमर्जेन्सीका डाक्टर भण्डारी विरामीका आफन्तले कल गरेको आधा घण्टा बढी समयपछि अस्पताल पुगेको स्वीकार गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।