ताजा अपडेट »

फर्साटिकर यज्ञोदयमा निर्वाचनको माहौल,खनाल र घिमिरे प्यानल बीच प्रतिष्पर्धा

आइतबार, १५ चैत्र २०७७, २२ : ०७
44 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका ३ स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा निर्वाचनको माहौल छाएको छ । क्याम्पसको १८ औँ क्याम्पस सभा सम्पन्न भएसँगै क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्वका लागि क्याम्पसमा चुनावी माहौल सिर्जना भएको हो । क्याम्पसको नयाँ नेतृत्वका लागि आगामी २१ गते शनिबार हुने अधिवेशनमा निर्वाचनका लागि प्यानल नै बनाएर नेपाली काङ्ग्रेस , एनेकपा माओबादी, जनता समाजबादी पार्टी , राष्ट्रिय जनमुक्ति पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर संयुक्त समावेशी र नेकपा एमालेको प्रगतिशिल गरि दुई प्यानल गर्दैछन् ।

एक जना अध्यक्ष ,उपाध्यक्ष , कोषाध्यक्ष ,१४ खुला सदस्य , १ महिला सदस्य , १ लेखा समिति संयोजक र २ लेखा समिति सदस्य का लागि हुने निर्वाचनमा प्रगतिशिल प्यानलबाट गोबिन्द घिमिरेको नेतृत्व र संयुक्त समावेशी प्यानलबाट रमेश खनालको नेतृत्व बीच चुनावी प्रतिष्पर्धा हुँदैछ हुने भएको हो ।

खनालको प्यानलमा उपाध्यक्ष ओम प्रकाश नाउ (ठाकुर) कोषाध्यक्ष रोमाकान्त अधिकारी छन् भने सदस्यहरुमा केशव प्रसाद अधिकारी ,अर्जुन कुमार थापा क्षेत्री , धनराज कंडेल (डि आर) , पल्टन थारु, बाबुराम खरेल, नन्द बहादुर क्षेत्री , राम प्रसाद पाण्डेय , बिजय बिक्रम टण्डन , शेर बहादुर क्षेत्री , पोषराज खनाल (महेश), क्या. प्रेम बहादुर थापा, प्रेम नारायण शर्मा (खनाल), नीर बहादुर राना मगर , ऋषिराम पाठक त्यसैगरी महिला सदस्यमा शोभा कुमारी आले लेखा समिति संयोजकमा खुमलाल पौडेल लेखा सदस्यहरुमा बल बहादुर नेपाली र टोल प्रसाद राना मगर रहेका छन्।

त्यसैगरी घिमिरेको प्यानलमा उपाध्यक्षमा नवलराज भट्टराई , कोषाध्यक्षमा कृष्ण प्रसाद काफ्ले छन् भने सदस्यहरुमा बिष्णु प्रसाद गौतम, भक्तीराम सापकोटा , कपिलमणी ढकाल, कल्पु दंगोरीया, तिल प्रसाद आचार्य (तिलक), भिम बहादुर बस्नेत , कृष्ण प्रसाद नेपाल, बेनी माधब रेग्मी , लालमणी श्रेष्ठ , चेत नारायण गौतम , क्या. हेम बहादुर राना मगर , झलक सुनार, बौधलाल शर्मा, नन्दलाल उपाध्याय (पौडेल) त्यसैगरी महिला सदस्यमा टीका देवि न्यौपाने लेखा समिति संयोजकमा ऋषिराम बस्याल , लेखा सदस्यमा दिनेश चन्द्र मिश्रा र दिनेश ज्ञवाली रहेका छन् ।

दुबै प्यानलले आ –आफ्नो जीत सुनिश्चत रहेको दाबी गरेका छन् । २१ गते शनिबार बिहान ८ देखि साँझ ५ बजे सम्म मतदान हुने निर्वाचन समिति, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसले जनाएको छ । २०६० सालमा स्थापना भएको क्याम्पसमा स्नातक र स्नातकोत्तर दुबै तहको अध्यापन हुने गर्दछ स्नातकमा व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र शिक्षा शास्त्र संकाय नेपाली र अङ्ग्रेजी गरी दुबै माध्यममा पढाइ हुन्छ भने स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अन्तरगत एमबिएस पढाइ हुने गर्दछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।