५ माघ २०७८, बुधबार

Jan 19, 2022

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी उक्त आग्रह गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत भनिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक, सरकार भन्छ- लकडाउन हुन्न एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण १८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय