ताजा अपडेट »

स्वास्थ्य मापदण्ड अपनाउन अभिभावक संघको आग्रह

विहीबार, १२ चैत्र २०७७, १६ : ३८
10 Shares

तिलोत्तमा । अभिभावक संघ रुपन्देहीले कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै आवश्यक सचेतना अपनाउन सम्पूर्ण अभिभावकमा अपिल गरेको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहर आयो भन्दैमा त्रसित नहुन तर आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरेको हो ।

संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तीमा बालबालिकालाई विद्यालय पठाउँदा स्वास्थ्य मापदण्ड अपनाएर पठाउन, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा कोरोना संक्रमणबाट डराएर होइन सावधानी र सतर्कता अपनाएर अगाडि बढ्न सके जोगिन सकिने भन्दै यसतर्फ संवेदनशील हुन पनि विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरुमा अनुरोध गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।