ताजा अपडेट »

गुल्मीमा अवैध हतियारसहित हत्या अभियुक्त सार्वजनिक

आइतबार, ०१ चैत्र २०७७, १७ : ३६
6 Shares

गुल्मी । गुल्मीमा अवैध हतियार प्रयोग गरेर हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१४ निवासी ४७ वर्षका तुलबहादुर बिकलाई हत्या गर्ने गुल्मीदरवार गाउँपालिका वडानम्बर-१ का ३१ वर्षका पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले सार्बजनिक गरेको हो ।

अभियुक्त घर्तिले गत माघ ३ गते गुल्मी दरवार गाउँपालिकाको वडानम्बर–१ ओरेवा खोलामा घाँस काट्न गएका बिकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । हत्या गरि गाउँमै रहेका अभियुक्त घर्तीलाई ५७ दिनपछि मात्रै प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो । अभियुक्त घर्तीले हत्या गरि बिभिन्न बाहाना बनाई आफू उम्कीन खोज्ने र घटनालाई अनेत्र मोड्न खोजेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने अभियुक्तले सिकार खेल्ने क्रममा बन्दुकबाट गोली प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त घर्तीको बयानकै आधारमा आइतवार नै अनकन्टार जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक पनि फेला परेको छ ।

https://www.globalaawaj.com/archives/90162
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।