ताजा अपडेट »

रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ युवा पक्राउ

आइतबार, ०१ चैत्र २०७७, १० : ३९
12 Shares

बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पेस्तोलसहित ३ युवालाई पक्राउ गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकसहित उनीहरुलाई हिजो साझ जिल्लाको मर्चवारी–७ कन्चनापुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई-७ बेतकुईया बस्ने कनै हरिजनका छोरा वर्ष २४ को सुरज हरिजन, सोही ठाउँ बस्ने बंशिधर हरिजनको छोरा २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई-७ भुन्डिहवा बस्ने सोहर अलि मुसलमानको छोरा २६ वर्षिय सकिल मुसलमान रहेका छन् । मर्चवारी-७ कन्चनापुर स्थित प्रहरी चौकी पाण्डेपिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्यको कमाण्डमा खटेका ३ जना र सशस्त्र बीओपी पुर्नीकोटबाट खटेका २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यूपी ५५ एन ४९४९ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई खानतलासी गर्दा गोली नभएको कटुवा पेस्तोल फेला परेको हो । पेस्तो र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उनीहरुलाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

https://www.globalaawaj.com/archives/88432
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।