६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

तिलोत्तमा । रुपन्देहीमा अत्याधुनिक तथा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको छ । यसै बीच तिलोत्तमाको बोहियामा थारु सँस्कृति, परम्परा तथा परिकारहरुको स्वाद लिन पाउने गरी अपन रिसोर्ट सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल मूख्य सडक खण्डबाट ८ सय मिटर पूर्व तिलोत्तमा–१६ बोहियामा थारु युवाहरुको लगानीमा रिसोर्ट सञ्चालन आएको हो ।

Advertisement

होटल सञ्चालनसँगै थारु परम्परका सम्पूर्ण परिकारहरु चाख्न पाइने भएको छ भने थारु सँस्कृतिका विभिन्न नाचगानहरु समेत हेर्न पाइने भएको छ । यसैगरी थारु सँस्कृतिका बारेमा बुझ्नका लागि सौराहामा मिल्ने सबै सुविधा अपन रिसोर्टमा मिल्ने निर्देशक मनिस चौधरीले बताए । कोरोना महामारीपछि जनजीवन सामान्यतर्फ उन्मुख भइरहेका बेला भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमान स्थलहुँदै भित्रिने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई लक्षीत गरी करिब ३ करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । ८० जना क्षमताको एक सभाहलसहित खुल्ला गार्डेन, आवासका लागि ५ वटा कोठा, आधा दर्जनबढी कटेज रहेको रिसोर्ट १२ कट्ठा क्षेत्रफलमा फैलिएको निर्देशक चौधरीले जानकारी गराए ।

रिसोर्ट सञ्चालनसँगै थारु समुदायका चर्तित परिकारहरु घोँगी, ढिक्री, लाइलड्डु, दूधपुवा, गंगटा, झिँगे माछा, सानो बाम, ऐँठा, सितुवा लगायतका परिकारका स्वाद चाख्न पाउनुका साथै अन्य आधुनिक परिकारहरु समेत पाउन सकिने रिसोर्टका अध्यक्ष गोरख चौधरीले जानकारी दिए । थारु समुदायको बाहुल्यता रहेको तिलोत्तमा नगरलाई उनीहरुका भाषा सँस्कृतिहरुका बारेमा जानकारी गराउँदै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेगरी २ जनाको मूख्य लगानी तथा स्थानीय एक युवाको समेत सेयर रहने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

रिसोर्टको उद्घाटन गर्दै तिलोत्तमा-१६ का अध्यक्ष झविलाल भुसालले स्थानीय कला सँस्कृति संरक्षण गर्नेगरी सञ्चालनमा आएकोहुँदा स्थानीय सरकारबाट आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको बताए । थारु सँस्कृति र कलाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनगरी समुदायमा आर्थिक समृद्धि ल्याउन रिसोर्टले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । रिसोर्ट सञ्चालनसँगै स्थानीय स्रोत र साधनको प्रयोग हुनुका साथै रोजगारीका अवसरहरु समेत सिर्जना हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार