१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी समूह ‘डी’बाट सेमिफाइनल प्रवेश गरेको छ भने सैनामैना डिभिजन ‘बी’मा घटुवा भएको छ ।

Advertisement

सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभर खेल्दै सबै विकेटको क्षतिमा १८० रन बनायो । उसका लागि प्रज्वल थापाले ५१, एजाज आलमले ३४ र सविन शाक्यले ३० रनको योगदान दिए । बलिङमा सैनामैनाका बसन्त खड्काले ५ ओभरमा १ मेर्डन राख्दै २३ रन खर्चेर ५ विकेट लिए । यस्तै, कृष्ण गिरी, सुनिल पौडेल, विशाल भुसाल र सरोज पौडेलले समान १÷१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको सैनामैना २५.३ ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमै समेटियो । उसका लागि बसन्त खड्काले १८ र मनिष क्षेत्रीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार लोनियाले ७.३ ओभरमा ३ मेर्डन राख्दै १३ रन खर्चेर ७ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, अर्जुन करोसले २ तथा एजाज आलमले १ विकेट लिए । आइतबार डिभिजन ‘ए’ को समूह ‘बी’मा रहेका जीआर क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा