ताजा अपडेट »

मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासको विरोधमा प्रदर्शन

शुक्रबार, २१ फागुन २०७७, १२ : ४२
4 Shares

बुटवल । बुटवल मोतीपुर क्षेत्रका स्थानीयले औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम रोक्न माग गर्दै विरोध प्रर्दशन गरेका छन् । शुक्रबार औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्ने कार्यक्रम रहेको थियो ।

औद्योगिक क्षेत्र शिलान्यासको विरोध गरेको नभई बाचा गरेका प्रतिबद्धता पूरा नभएकाले बाध्य भएर विरोधमा उत्रिएको एक स्थानीयले बताए । ‘हामी बिकासका विरोधी होइनौँ, उनले भने हाम्रा हिजो बोलेका र लेखेका मागहरु सम्बोधन नभएपछि विरोधमा उत्रिएका हौँ ।’

२०७३ सालमा स्थलगत निरिक्षण विना ३ हजार ६२ घर र करिब २ सय ५० विघा जग्गा सहित ८ सय १३ विघा जग्गा रातारात औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पारेको अहिले पनि गासबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र निर्माण अघि बढाउन खोजेको उनीहरुको आरोप छ ।

यस्तै मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार पारेको मञ्च बिहीबार स्थानीयले भत्काएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।