ताजा अपडेट »

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

शुक्रबार, २१ फागुन २०७७, ११ : २२
4 Shares

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

आजको बैठकमा फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने एक नेताले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे पनि छलफल हुने बताइएको छ । ओली पक्षले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।