ताजा अपडेट »

अर्थमन्त्री पौडेलद्वारा तिलोत्तमाको प्रशासनिक भवनको उद्धघाटन

विहीबार, २० फागुन २०७७, १३ : १२
8 Shares

बुटवल । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्धघाटन गरेका छन् । एक समारोहका बीच अर्थमन्त्री पौडेलले विहीबार नगरको प्रशासनिक भवनको उद्धघाटन गरेका हुन् । वडा नं ६, कुञ्जलापुरमा निर्माण भएको भवनका शिलान्यास पौडेलले नै २०७४ माघ ७ गते गरेका थिए ।

करिब ६ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त भवन ८ विघा क्षेत्रफलमा रहेको छ । उक्त भवन सिद्धार्थ राजमार्गबाट करिब १२ सय मिटर पश्चिम रहेको छ । यसैबिच अर्थमन्त्री पौडेलले डिजिटल नागरिक वडा पत्रको समेत उद्धघाटन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।