ताजा अपडेट »

हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता : बस्नेत

विहीबार, २० फागुन २०७७, १३ : ०३

भरतपुर। नेपाल कम्युनिष्ट पार्टी ९नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् । भरतपुरमा बुधबार आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले भने, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।” उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे ।

“दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा गएका छैनन् । किनभने उनिहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उनले भने, “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराएका थिए । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस