ताजा अपडेट »

नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

बुधबार, १९ फागुन २०७७, १३ : १०
8 Shares

काठमाडौँ । प्रचण्ड–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । सो बैठक सकिएपछि आजै केन्द्रीय समितिको बैठक पनि बस्नेछ।

संसद् पुनस्थापना भएसँगै संसद् बैठकको मिति नजिकिँदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने प्रचण्ड(माधव पक्षको माग छ । फागुन २३ गते बैठक बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरीसकेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।