ताजा अपडेट »

प्रधानमन्त्री ओली झापामा : पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

मंगलबार, १८ फागुन २०७७, १३ : २९
2 Shares

झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा गएका छन्। भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत गरे ।

प्रधानमन्त्री ओलीले बिर्तामोडमा निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गरे । बिर्तामोड नगरपालिका–७ मा निर्मित सो ग्राममा ३७ आवासगृह छन् । प्रधानमन्त्री ओलीले अपराह्न बिर्तामोडको ३०० शय्याको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । सो अस्पताल रु ६०० करोडको लगानीमा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको हो ।

बिर्तामोडको कार्यक्रमपछि उनी मोरङको उर्लाबारीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । यस साता प्रधानमन्त्री ओलीको यो दोस्रो झापा भ्रमण हो । यही फागुन १६ गते उहाँ दमक केन्द्रित कार्यक्रममा सहभागी हुन झापा आएका थिए ।

रासस
लेखकको बारेमा
रासस