ताजा अपडेट »

ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप

मंगलबार, ०४ फागुन २०७७, १७ : ०५
4 Shares

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप भएको छ । मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा दुई पक्षबीच झडप भएको हो ।

क्याम्पस प्रांगणमै भएको झडपमा चार जना घाइते भएका छन् । झडपमा एक जनाको दाँत र एक जनाको हात भाँच्चिएको एक विद्यार्थी नेताले बताए। उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्नलाई कारबाही गर्न घाइतेहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी दिएका छन् । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।