ताजा अपडेट »

युवा संघका उपाध्यक्ष ओली समुह छाडेर प्रचण्ड नेपाल समुहमा

सोमबार, ०३ फागुन २०७७, १७ : ४१
10 Shares

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल गुल्मीको छत्रकोट गाउँ कमिटी उपाध्यक्ष राम जंङ्ग कँडेल ओलि समुह परित्याग गरि प्रचण्ड नेपाल समुहमा प्रबेश गरेका छन ।

जिल्लाको छत्रकोट गाउँपालिका प्रमुख र नेकपा ओलि समुहका जिल्ला पार्टी अध्यक्ष मधुकृष्ण पन्तको गाउँबाटै यस अघि पनि ओली समुह परित्याग गरि सो संगठनका जिल्ला  ईन्चार्ज हिमाल थापा प्रचण्ड समुहमा प्रवेश गरेका थिए ।  'अहिलेका युवा सचेत छौ  प्रचण्ड नेपाल समुहमा प्रवेश गरेका कडेलले भने सारा नागरिकलाई मूर्ख बनाउदै हुँदै नभएको अधिकार लादेर केपि ओलिले चाल्दै आएको प्रतिगामी कदम र कम्युनिस्ट चरित्र बिपरित कु कार्य बाट असन्तुष्ट भइ प्रचण्ड नेपालको मुल पार्टी मा प्रवेश गरेको हुँ ।'

छत्रकोट गाउपालिका -२ पल्लिकोट  घर भएका कडेल त्यस गाउँ कमिटी युवा संघका उपाध्यक्ष हुन ।उनले नेपालको कम्युनिस्ट आन्दोलनको गतिलाई तिब्रता दिन आम्स युवाहरुलाइ प्रचन्ड नेपाल समुहको मुल पार्टीमा आवद्ध हुन आह्वान समेत गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।