ताजा अपडेट »

निर्वाचनको तयारी थाल्न कांग्रेस सभापति देउवाको आग्रह

सोमबार, ०३ फागुन २०७७, १५ : ३७
4 Shares

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगप्रति संका व्यक्त गरेका छन् । आयोगले निर्वाचनको कामलाई अगाडी नबढाएको बताउँदै उनले शंका व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजनाको सभामा सम्बोधन गर्दै देउवाले आगमी वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तयारी नगरेकोप्रति प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद विघट गरेपछि संवैधानिक व्यवस्था अनुसार त्यसको ६ महिना भित्र निर्वाचन गराउनु पर्ने भएपनि त्यो अवस्थामा आयोग तयार नभएको भन्दै संका व्यक्त गरे । संविध विघटन संवैधानिक वा असंवैधानिक बन्ने बारे सर्वोच्च अदालतमा विचाराधिन भएपनि निर्वाचन आयोगको कामलाई अदालतले रोक नलगाएको बताउँदै उनले निर्वाचन आयोगलाई तयारी थाल्न आग्रह गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएसँगै चुनाव चिन्हका बारेमा दुबै समूहबाट दाबी भएको अवस्थामा यसका निर्णय निर्वाचन आयोगले समयमै गर्न नसकेको प्रति आलोचना गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।